कारोबार


बियर उत्पादक सीजी ब्रुअरीले एक वर्षमा गर्‍यो ४ अर्ब ५४ करोड आम्दानी

बियर उत्पादक सीजी ब्रुअरीले एक वर्षमा गर्‍यो ४ अर्ब ५४ करोड आम्दानी

नेपालखबर
पुस १२, २०७९ मंगलबार ११:५४, काठमाडौँ

सीजी ब्रुअरी नेपाल प्रा.लिले १ वर्षमा ४ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ६२ करोड रुपैयाँले आम्दानी बढाएको छ। 

कम्पनीले नेपाल आइस, मुस्ताङ, प्रिमियर स्ट्रङलगायत १० वटा ब्रान्डमा बियर उत्पादन गर्दै आएको छ। नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रङले पछिल्लो २ वर्षमा ८० प्रतिशत बजार हिस्सा ओगटेको छ। 

रेटिङ एजेन्सी इक्रानेपालका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीले सञ्चालन आय २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा कम्पनीको कारोबार बढ्दै गए पनि ब्याज, कर, डिप्रिसेसनसहितको नाफा १३.२ प्रतिशतमा सीमित रहेको छ। 

२०७७/०७८ मा २०.५ प्रतिशत त्यस्तो नाफा रहेको थियो। कम्पनीले देशभर ३०० डिलर र ५३ हजार बडी रिटेलर रहेका छन्। पहिला सन गोल्ड ब्रुअरी नेपाल प्रा.लि रहेको चौधरी ग्रुपले खरिदसँगै नाम परिवर्तन भएको थियो। 

कम्पनीमा तीन जनाको स्वामित्व रहेको छ भने चौधरी ग्रुपअन्तर्गत तीनवटा भगिनी युनिट समेत रहेका छन्। यसमा चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्स नेपाल प्रालिको सबैभन्दा धेरै ३८ प्रतिशत सेयर रहेको छ। सीजी फुड्स चौधरी ग्रुप कर्पको एफएमसीजी युनिटअन्तर्गतको एक डिभिजन हो। निर्वाण  कुमार चौधरी कम्पनीका अध्यक्ष रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad