कारोबार


ग्लोबल आईएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

ग्लोबल आईएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

नेपालखबर
पुस ८, २०७९ शुक्रबार २१:४१, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। 

बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९, धारापानी, महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. २, गराँसमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। 

त्यसैगरी बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ९, बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका वडा नं. ७, हरैयापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

यी शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २८३ पुगेको छ। 

बैंकले ढल्केबार शाखा अन्तर्गत रहने धारापानीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बिशाल कुमार भुजेल, बर्दिबास शाखा अन्तर्गत रहने मनरा शिसवाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय शाह जेनरल स्टोर्स, वामी शाखा अन्तर्गत रहने बडागाउँ, नेटाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बोम बहादुर छन्तेल र वामी शाखा अन्तर्गत रहने मुसिकोट, देउरालीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय मदन दिप घिमिरेलाई प्रतिनिधि नियुक्त गरेको छ।

त्यसैगरी, बैंकले कटारी शाखा अन्तर्गत रहने गराँसको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय राज कुमार कार्की, पोखराथोक शाखा अन्तर्गत रहने धातिवाङको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय मनिराम पौडेल, चन्द्राैटा शाखा अन्तर्गत रहने बानियाभारको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय जयन्ती गिरी र लम्की शाखा अन्तर्गत रहने हरैयापुरको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय जय बहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ।

शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, युटीएल तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्। 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ९०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .