कारोबार


साढे २ अर्ब लगानीमा विराटनगरमा सञ्चालनमा आयो नयाँ रोलिङ्स मिल्स

साढे २ अर्ब लगानीमा विराटनगरमा सञ्चालनमा आयो नयाँ रोलिङ्स मिल्स

ध्रुव भट्टराई
पुस ८, २०७९ शुक्रबार १६:२१, विराटनगर

सुनसरी -मोरङ औद्योगिक करिडोरमा साढे २ अर्ब लगानीमा नयाँ रोलिङ्स मिल्स सञ्चालनमा आएको छ। 

सुनसरीको दुहबी नगरपालिका वडा नं १ परास्टोकीमा  बजरंग ब्रान्डको टीएमटी उत्पादन गर्ने उद्योग सञ्चालनमा आएकाे हाे।

उद्योगमा लगानी गर्ने उद्योगी व्यवसायी हच्किरहेकाे समयमा पाँच जना व्यवसायीले संयुक्त लगानीमा बजरंग ब्रान्डको टीएमटी उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका हुन्।

माेरङकाे विराटचाेकमा आज पत्रकार सम्मेलन गरी उद्योगले  बिलेटको व्यावसायिक कारोबार गर्नुका साथै छड, बिलेट, एंगल, च्यानल र आइबिमको उत्पादन गर्ने उद्योगका निर्देशक रमेश राठीले बताए।

उनले उद्योगले दैनिक  ५०० टन क्षमतामा उत्पादन गर्दै आएकाे र  उद्योगले आफ्नै भट्टी राखेर आफैँ बिलेट उत्पादन गर्ने गरेको बताए। 

उद्योगले भारतको टाटा स्टिल्सबाट कच्चापदार्थ आयात गरी अत्याधुनिक युरोपियन टेक्नोलोजीको प्रयोग गरी मजबुत, कम खिया लाग्ने र बढी लचकदार उत्पादन गर्ने गरेको राठीले बताए।

पूर्वमा निर्माणको गतिशीलतालाई मध्यनजर गरी उद्योग स्थापना गरिएको जनाइएको छ। 

उद्योगका निर्देशक राजकुमार गोल्छाले पछिल्लो समय मुलुकभर विभिन्न निर्माणका ठूला परियोजना सञ्चालनमा रहेकाले गुणस्तरीय टीएमटी छडकाे मागलाई धान्न स्वदेशी उत्पादनमा जाेड दिएकाे बताए।

उद्योगमा विराटनगरका औद्योगिक घराना राजकुमार राठी, जीवन रिजाल, रमेश राठी,हिमाशु गाेल्छा र गुडु अहमतको लगानी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .