ad ad

कारोबार


चर्को ब्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकअगाडि धर्ना

चर्को ब्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकअगाडि धर्ना

नेपालखबर
पुस ७, २०७९ बिहिबार १२:९, विराटनगर

चर्को ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले आज (बिहीबार) राष्ट्र बैंकअगाडि धर्ना दिएका छन्।

मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङलगायत संगठनका प्रतिनिधि राष्ट्र बैंकको विराटनगर कार्यालयअगाडि धर्ना सुरु गरेका हुन्। 

सुनसरी-मोरङ कारिडोरका उद्योगीले चर्को ब्याजदरको विरोधमा बिहीबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए। घोषित कार्यक्रमअनुसार उद्योगी व्यवसायीले आज पहिलो दिन विराटनगरस्थित राष्ट्र बैंकको प्रदेश कार्यालय आगाडि धर्ना दिएका हुन्।

धर्नाअघि उद्योगी व्यवसायीले विराटनगरमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए। व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले माग पूरा नहुन्जेल आन्दोलनलाई निरन्तरता दिने बताए। 

उनले बैंकले गरेको चर्को ब्याजदर फिर्ता नगरेसम्म आन्दोलन फिर्ता नहुने बताए। उनले बैकको चर्को ब्याजदरका कारण व्यवसाय गर्न सक्ने अवस्था नरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .