ad ad

राजनीति


जसले लिँदैछन् संस्कृत भाषामा सांसदको शपथ

जसले लिँदैछन् संस्कृत भाषामा सांसदको शपथ

नेपालखबर
पुस ७, २०७९ बिहिबार १२:३२, काठमाडौँ

माओवादीले चलाएको १० वर्षे जनयुद्धका क्रममा आक्रमणमा परेको संस्कृत भाषा यस पटक संसदमा प्रवेश गर्ने भएको छ।

नेपाली भाषाको समेत मूल श्रोत मानिने संस्कृत भाषालाई एकजना स्वतन्त्र सांसदले संसद पुर्‍याउने भएका हुन्। 

रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका सांसद किरणकुमार साह बिहीबार दिउँसो १ बजे हुने शपथमा संस्कृत भाषाको प्रयोग गर्ने भएका हुन्। 

नेपालमा हिन्दु धर्मावलीम्बीहरुले पूजापाठदेखि पितृ कार्य गर्दा पण्डितहरुले संस्कृत भाषा प्रयोग गर्छन्। नेपालमा केही पाठशाला पनि छन्। तर संस्कृत भाषा बोलिचालीमा प्रयोग हुन छाडिसकेको छ। 

साहले नेपाल सदियौँदेखि हिन्दू सनातन धर्मअनुसार चल्दै आएको बताउँदै आफूले संस्कृतमा शपथ लिन लागेको बताएका छन्। 

२०६२/६३ को जनआन्दोलनअघिसम्म नेपाल विश्वको एक मात्रै हिन्दू राष्ट्रका रुपमा थियो। तर हिन्दु राष्ट्र हटेसँगै संस्कृत भाषा पनि लोप हुने अवस्थामा पुगेको छ। 

साहले धेरै भाषाको मूलभाषा भएकाले यसको संरक्षण गरिनुपर्ने बताएका छन्। उनले संस्कृतले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन्। त्यहीकारण आफूले संस्कृतमा शपथ लिन लागेको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .