ad ad

कारोबार


एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

नेपालखबर
पुस ७, २०७९ बिहिबार ११:५६, काठमाडौँ

स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर)ले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।
 
छुट अपÞmरअन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ३ सय रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन्। 

यो योजना २०७९ पुस २० गतेसम्म रहने कम्पनीले जनाएको छ। छुट अवधिभर हरेक ग्राहकले  नौ सय रुपैयाँसम्म छुट लिन सक्नेछन् ।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।

अफरअन्तर्गत एक्सप्रेस सुपरमार्केटको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एसिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .