ad ad

कारोबार


समानुपातिक प्रणालीबाट सांसद बने प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन

समानुपातिक प्रणालीबाट सांसद बने प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १२:१९, काठमाडौँ

प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन समानुपातिकबाट संघीय सांसद बनेका छन्। उनी नेकपा एमालेको जनजाति कोटामा १ नम्बरमा रहेका थिए। 

भट्टचन निर्वाचनअघि नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता रहेका थिए। नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि उनलाई सभापति शेर बहादुर देउवाले कांग्रेस संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका थिए। मंसिर ४ को निर्वाचनमा भने उनी एमालेबाट समानुपातिक उम्मेदवार बने। 

नेकपा एमालेले शनिबार निर्वाचन आयोगमा भट्टचनसहित ३४ जनाको समानुपातिक सांसदको सूची बुझाएको छ।

 १९९० मा प्रभु ट्राभलबाट व्यवसाय सुरु गरेका उनका बैंक वित्तीय संस्थादेखि वित्तीय कम्पनी, कार्गो व्यवसाय रहेका छन्। उनले २००१ मा प्रभु फाइनान्स र प्रभु इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेका थिए। 

२०१३–२०१४ मा प्रभु बैंक, प्रभु म्यानेजमेन्ट, प्रभु कोअपरेटिभ, प्रभु इन्स्योरेन्समा उनले लगानी विस्तार गरे। सन् २०१५ मा प्रभु हेलिकप्टर सञ्चालनमा ल्याएका उनले सन् २०१७ मा प्रभु लाइफको स्थापना गरे। 

सन् २०१६ यता उनका प्रभु पे, प्रभु टिभी, नेपाल सिपिङ लाइन सञ्चालनमा छन्। प्रभु टिभी डिसहोमले एक्वायर गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .