ad ad

कारोबार


सानिमा बैंकको मोबाइल बैंकिङ योजना : १८ जोडीलाई सौराहा भ्रमणको अवसर

सानिमा बैंकको मोबाइल बैंकिङ योजना : १८ जोडीलाई सौराहा भ्रमणको अवसर

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १६:१७, काठमाडौँ

सानिमा बैंकले २०७९ मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउँदै छ। यस अवसरमा सानिमा बैंकले एफ१ सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन्। भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ। उक्त कारोबारहरु रु.२०० भन्दा बढि र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ। 

ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन्। यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुनेछ। योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने छ। 

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ। 

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .