ad ad

कारोबार


सुकुम्बासीका लागि विकल्पसहितको समाधान खोज्छौँ : सहरी विकासमन्त्री चौधरी

सुकुम्बासीका लागि विकल्पसहितको समाधान खोज्छौँ : सहरी विकासमन्त्री चौधरी

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०७९ सोमबार १७:१७, काठमाडौँ

सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्प सहित समाधान खोजिने बताएका छन्।   

सोमबार सहरी विकासमन्त्रीकै कार्यकक्षमा ज्ञापनपत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई विकल्पसहितको समाधान खोजिने आश्वासन दिएका हुन्। 

‘यो समस्या आज नभए भोलि, भोलि नभए पर्सि त हल गर्नैपर्छ । हामी विकल्प खोज्दै छौँ । म पनि किसानको छोरा हुँ । सुकुम्बासीका समस्या बुझेको छु’, एक टोलीलाई मन्त्री चौधरीले आश्वस्त पार्दै भने, ‘तपाईंहरुकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्नेछु। तपाईंहरु पनि सरकारको कानुन मानेर अगाडि बढ्नुस्।’ 

सरकारले सुकुम्बासी बस्तीमा डोजर आतंक सुरु गरेको, सिङ्गो बस्ती नै त्रसित हुन पुगेको र बाध्य भएर सडक आन्दोलनमा आउनुपरेकाले गम्भीरतापूर्वक उचित निकास निकाल्न टोलीले मन्त्री समक्ष आग्रह गरेको थियो । 

मन्त्री चौधरीले सानो परिवारका लागि अपार्टमेन्टको व्यवस्था, ठूला परिवारको लागि ठाउँको खोजी गरी घर बनाउन सुरु गर्ने बताए। 

व्यवस्था नहुन्जेलसम्मका लागि उनीहरुको घर भाडा सरकारले तिरिदिने पनि मन्त्री चौधरीको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .