नबिल बैंक लिमिटेडबाट बंगलादेशको लगानीकर्ता बाहिरिने भएको छ। नबिल बैंकले नेपाल बंगलादेश बैंक लिमिटेडलाई गाभेपछि बंगलादेशको लगानीकर्ता बाहिरन लागेको हो।
नेपाल बंगलादेश बैंकमा बंगलादेशी साझेदार आईएफआईसी बैंक थियो। उक्त बैंकलाई नबिल बैंकले असारमा गाभेको हो। अहिले आईएफआईसी बैंकले आफ्नो स्वामित्वमा आएको नबिल बैंकको सेयर बिक्री गर्न चोहेको छ।
आज नबिल बैंकले जारी गरेको सूचनाअनुसार आईएफआईसीले नबिलको एक करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर बिक्रीको निवेदन दिएको छ। सञ्चालक समितिको बैठकमा सो निवेदन पेससमेत भइसकको छ।
सूचनामा भनिएको छ, ‘बैंकको सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता राखिने छ। इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। खरिद गर्न चाहेको मूल्य राखेर गोप्य सिलबन्दी निवेदन सक्ने छन्।’
हेर्नहोस् सूचना-
Shares
प्रतिक्रिया