कारोबार


काठमाडौं महानगरको बजेट १५ अर्ब ५० करोड

काठमाडौं महानगरको बजेट १५ अर्ब ५० करोड

नेपालखबर
असार १०, २०७६ मंगलबार १२:३२,

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट ल्याएको छ।

काठमाडौं महानगरपालिकाले मंगलबार आयोजित नगरसभामा आगामी आर्थिक वर्षका लागि सो बजेट पेश गरेको हो। बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पूर्वाधार सुधार तथा अन्य विकास खर्चमा सबैभन्दा बढी ५१ दशमलव ७४ प्रतिशत बजेट अर्थात् ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार बजेट विनियोजन गरिएको जानकारी दिइन्।

त्यसैगरी पूँजीगत सम्पत्ति खर्चमा १ अर्व ५५ करोड, तलव, पारिश्रमिक र सुविधा खर्च १ अर्व ४१ करोड ५ लाख, कार्यालय संचालन खर्च ५९ करोड ४३ लाख ५० हजार, नेपाल सशर्त अनुदानबाट पूँजीगत खर्च ३ अर्व, ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनाका लागि १ अर्व १२ करोड ८२ लाख ७० हजार बजेट विनियोजन गरिएको छ। उपप्रमुख खड्गीले प्रस्तुत सो बजेट चालू आर्थिक वर्षको भन्दा १९ प्रतिशतले बढी भएको पनि जानकारी दिइन्।

बजेटमा जनताको जीवनस्तर, अम्दानी र रोजगारमा बढावा दिने कुरालाई उच्च प्राथमिकता दिइएको छ। उपमेयर खड्गीले गरिवी निवारणमा प्रत्यक्ष योगदान दिने विषयलाई पनि बजेटमा जोड दिइएको स्पष्ट पारिन्। बजेटमा चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म ६ अर्व २३ करोड ५७ लाख ९० हजार राजस्व संकलन गरिएको पनि उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad