ad ad

कारोबार


लक्ष्य र प्रक्षेपण यथावत्, ब्याजदर बढ्न नदिन यस्तो व्यवस्था (पूर्णपाठ)

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई सुझावका आधारमा सम्बोधन गरिने
लक्ष्य र प्रक्षेपण यथावत्, ब्याजदर बढ्न नदिन यस्तो व्यवस्था (पूर्णपाठ)

नेपालखबर
मंसिर ११, २०७९ आइतबार २०:५७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेको छ। 

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको तीन महिने समीक्षा सार्वजनिक गरेका हुन्। 

यसअनुसार समीक्षाले पनि आवको मौद्रिक नीतिले अवलम्बन गरेको कार्यदिशालाई निरन्तरता दिइएको छ। 

साथै चालू आवको मौद्रिक नीतिले तय गरेका लक्ष्य र प्रक्षेपणलाई यथावत् राखिएको छ। मौद्रिक नीतिमा व्यवस्था भएका मौद्रिक उपकरणलाई निरन्तरता दिँदै केन्द्रीय बैंकले अनिवार्य नगद अनुपात ४ प्रतिशत र बैंक दरलाई साढे ८ प्रतिशतमा यथावत् राखिएको छ। 

राष्ट्र बैंकले भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पुर्याउने र तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिने भएको छ। 

कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई यस बैंकले उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गरिनेछ ।

वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिने भएको छ। 

यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने भएको छ।

लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिनेछ। तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ।

कार्यान्वयनमा रहेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गरिनेछ। तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइने भएको छ।

पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .