ad ad

कारोबार


ठूलो मतान्तरमा चुनाव जितेका निर्माण व्यवसायी जो संसद् छिर्दै छन्

ठूलो मतान्तरमा चुनाव जितेका निर्माण व्यवसायी जो संसद् छिर्दै छन्

चुनाव जितेका निर्माण व्यवसायीहरु बायाँबाट क्रमशः विक्रम पाण्डे, मोहन आचार्य, पूर्णबहादुर तामाङ र इन्द्र बानियाँ (प्रदेशसभा सदस्य)


वसन्त अर्याल
मंसिर १२, २०७९ सोमबार ८:२०, काठमाडौँ

ठूलो मतान्तरसहित निर्माण व्यवसायी प्रतिनिधिसभामा निर्वाचित भएका छन्। 

प्रतिनिधिसभामै १० सांसद् प्रत्यक्ष चुनाव लडेर विजयी हुँदा त्यसमा ३ जना निर्माण व्यवसायी पनि सामेल छन्। 

प्रतिनिधिसभामा यसपटक पार्टीबाट टिकट लिएर निर्माण व्यवसायीहरु निर्वाचित भएका हुन्। 

२०७४ को निर्वाचनमा रसुवा कन्स्ट्रक्सनका मोहन आचार्य प्रत्यक्ष निर्वाचित भई आएका थिए। उनीबाहेक २०७४ को निर्वाचनमा पराजित भएका विक्रम पाण्डे र कान्छाराम तामाङ यसपटकको निर्वाचनमा विजयी भएका हुन्। 

निर्वतमान संसदमा कांग्रेसबाटै जिप छिरिङ लामा निर्वाचन लडेनन्। उनी यसअघि समानुपातिक तर्फबाट सांसद बनेका थिए। कांग्रेसबाटै बहादुर सिंह लामा समानुपातिक सांसद रहेका थिए। 

उनले २०७० को निर्वाचनमा माओवादीका स्वर्गीय नेता पोष्ट बहादुर बोगटीलाई पराजित गरेका थिए। निर्माण व्यवसायी लामाको हिमदुङ एन्ड थोकर कम्पनी छ। यो चुनावमा भने उनले टिकट नै पाएनन्। 

को–को हुन् संसद् छिर्नलागेका ४ निर्माण व्यवसायी?
विक्रम पाण्डे (चितवन १)

यही मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन ३ बाट राप्रपाका उपाध्यक्ष रहेका निर्माण व्यवसायी विक्रम पाण्डे सांसद बनेका छन्। उनले ३५ हजार ६० मतसहित माओवादी केन्द्रका भोजराज अधिकारीलाई पराजित गरेका हुन्। अधिकारीले २५ हजार ८२४ मत ल्याए। 

२०७४ को निर्वाचनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित पाण्डे यसपटक भने ९ हजार २३६ मतान्तरले विजयी भए। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको लहरले २ क्षेत्र जित्दा १ मा भने पाण्डेले परिणाम आफ्नो पक्षमा पारेका हुन्। 

उनको कालिका कन्स्ट्रक्सन कम्पनी छ। यसले पुल, सडक, हाइड्रोपावर, सिँचाइ तथा खानेपानी पूर्वाधार, भवन निर्माण र ढल निकासका पूर्वाधार निर्माण गर्दै आएको छ। 

कम्पनीले निर्माण गरेका आयोजनामा सिक्टा सिँचाइ आयोजना, मदन भण्डारी राजमार्गका विभिन्न खण्ड, कोशी पुल, कर्णाली पुल, कमला पुललगायत दर्जन बढी ठेक्का लिएको थियो।

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन कम्पनीले साढे ३ अर्ब रुपैयाँसम्म वार्षिक आम्दानी गर्छन्। हाल अध्यक्ष तथा प्रबन्धनिर्देशक रहेका पाण्डेले सन् १९७६ मा कम्पनी स्थापना गरेका थिए। सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको उनलाई आरोप लाग्दै आएको छ।  

मोहन आचार्य (रसुवा) 
रसुवाबाट निर्माण व्यवसायी मोहन आचार्य यसपटक पनि विजयी भएका छन्। उनी करिब १० हजार मतअन्तरले विजयी भए। नेपाली कांग्रेसका आचार्यले १८ हजार २३५ मत ल्याउँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ८ हजार ६१४ मत ल्याए। 

निर्माण व्यवसायी आचार्य २०७४ मा पनि सोही स्थानबाट विजयी भएका थिए। २०७४ को निर्वाचनमा १४ हजार ४५३ मतका साथ विजयी भएका थिए। इन्जिनियर रहेका आचार्यसँग सडक, पुल र अस्पतालसहितका पूर्वाधार निर्माणको अनुभव रहेको छ।  

पूर्णबहादुर तामाङ (रामेछाप) 
त्यस्तै रामेछापबाट निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्। 

२०७४ को निर्वाचनमा एमालेले जित हासिल गरेको रामेछापमा यसपटक कांग्रेसका तामाङले ठूलो मतान्तरसहित विजयी भएका हुन्। तामाङ १६ हजार ३६९ मतान्तरले विजयी भए। 

कांग्रेस रामेछापको सभापति पूर्णबहादुर तामाङले ४७ हजार ९९ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका कैलाश प्रसाद ढुंगेलले ३० हजार ७३० मत मात्रै ल्याए। ‘कान्छाराम’ नामले परिचित तामाङ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए।

कान्छाराम कन्स्ट्रक्सनले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट, खोटाङ विमानस्थलको केही भौतिक पूर्वाधारले निर्माण गरेको थियो।  

प्रदेशमा कांग्रेसबाट बानियाँको जित (मकवानपुर २ (२)
प्रदेशसभातर्फ ठूला निर्माण व्यवसायीको रुपमा मकवानपुर क्षेत्र नम्बर २ (२) बाट इन्द्रबहादुर बानियाँ विजयी भएका छन्। 

सत्ता गठबन्धनका उम्मेदवार बनेका नेपाली कांग्रेसका बानियाँले १८ हजार ७३१ मत ल्याउँदा एमालेका लाल बहादुर थापा मगरले १६ हजार ९४४ मत मात्रै ल्याए। 

उनको कम्पनी बाँनिया निर्माण सेवाले वार्षिक २ अर्बको कारोबार गर्छ। कम्पनीले सडक, पुल, सिँचाइ पूर्वाधारमा काम गरिरहेको छ। 

प्रत्यक्षसँगै समानुपातिबाट पनि निर्माण व्यवसायीको प्रवेश हुने देखिएको छ।  

कांग्रेसबाट नुवाकोटका निर्माण व्यवसायी जगत बहादुर तामाङ पनि समेटिएका छन्।  

प्रदेशसभामा साना थुप्रै व्यवसायी निर्वाचित भए पनि प्रतिनिधिसभामा विनोद चौधरी, राजेन्द्र बजगाई, टेक बहादुर गुरुङ, हरि ढकाल, सुनिल शर्मा, एलपी साँवा, दिपक खड्का प्रक्ष्यक्षमा निर्वाचिन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .