ad ad

समाज


शक्ति मिलन समाजकी संस्थापक नातिसरालाई कमला भासिन अवार्ड

शक्ति मिलन समाजकी संस्थापक नातिसरालाई कमला भासिन अवार्ड

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १८:१७, काठमाडौँ

शक्ति मिलन समाजकी सहसंस्थापक तथा कार्यकारी निर्देशक नातिसरा राईले पहिलो कमला भासिन अवार्ड प्राप्त गरेकी छन्। 

उनको संस्थाले हाल एक हजारभन्दा बढी एचआईभी संक्रमित महिलाहरुलाई उपचार, काम र शिक्षामा सघाइरहेको छ।

१३ वर्षको उमेरमा भारतमा बेचिएकी उनै आफैँ पनि एचआईभी संक्रमित हुन्। 

उद्धारपछि उनले चरम विभेद भोग्न परेको र त्यसपछि पनि अन्य सर्भाइभरहरुसँग मिले एचआईभी संक्रमितहरुको बलियो समुदाय निर्माण गर्न राई सफल भएको पुरस्कारका संस्थापक भारतको आजाद फाउन्डेसन, आईपार्टनर इन्डिया र नेसनल फाउन्डेसनले जनाएका छन्।

महिलावादी आन्दोलनकर्मी, कवि तथा लेखक कमला भासिनको नाममा सो अवार्ड स्थापना गरिएको हो।

राईसँगै भारतकी विद्या राजपुत पनि पुरस्कृत भएकी हुन्। विजेताहरुले जनही एक लाख भारतीय रुपैयाँ प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .