कारोबार


औद्योगिक उत्पादनतर्फ मंगलम् इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर

औद्योगिक उत्पादनतर्फ मंगलम् इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर

नेपालखबर
मंसिर ९ , काठमाडौँ

मंगलम इण्डष्ट्रिज प्रा. लि. औद्योगिक उत्पादन क्षेत्रबाट धेरै कर बुझाएर आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वर, नेपाल सरकारद्वारा सम्मानित भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्य क्षेत्र अन्तर्गत सर्वाधिक आयकर दाखिला गर्न उक्त उद्योग सफल भएको हो।

राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित विशेष समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिज प्रा. लि. का लागि कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवाल र निर्देशक, सशी चुरिवालले ग्रहण गरेका थिए। 

कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवालले सोही उपलक्ष्यमा बोल्दै देशमै उत्पादन गरी देशको अर्थतन्त्रमा योगदान पुर्याएर सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताए। 

उनले भने, ‘देशको हितमा यस्तो शुभ कार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ।  साथै, यस यात्राको क्रममा हामीसँग हातमा हात मिलाई ,काँधमा काँध मिलाई अघि बढ्न साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।’

मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङसम्बन्धी सम्पूर्ण सामग्रीहरु उत्पादन गर्दै आएको छ। यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो।

मंसिर ९, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.