काठमाडौँ क्षेत्र नम्बर ७ (क)मा नेकपा (एकीकृत समाजवादी) का वसन्तप्रसाद मानन्धर विजयी भएका छन्।
शुक्रबार बिहान सम्पन्न प्रदेशसभा (क) को मतगणनामा एकीकृत समाजवादीका मानन्धर चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्।
मानन्धरसँग एमालेका उम्मेदवार जीवन मानन्धर पराजित भएका हुन्। उनले तीन हजार दुई सय पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजिना गुरुङले दुई हजार नौ सय ६० मत प्राप्त गरेकी छन्।
काठमाडौँ महानगरपालिकाभित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त प्रदेशमा महानगरका १६, १७, १८ र २५ वडा पर्छन्।
सो क्षेत्रमा १६ हजार एक सय दुई मतगणना गरिएको थियो। रासस
Shares

प्रतिक्रिया