ad ad

कारोबार


विश्वकप : 'फिल द म्याजिक अफ फुटबल इन डिशहोम' अभियान सुरु

विश्वकप : 'फिल द म्याजिक अफ फुटबल इन डिशहोम' अभियान सुरु

नेपालखबर
मंसिर ३, २०७९ शनिबार १८:१२, काठमाडौँ

डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप-२०२२ अभियान 'फिल द म्याजिक अफ फुटबल इन डिशहोम' अभियान शुरु गरेको छ।

नेपालको एक मात्र DTH कम्पनी डिशहोमले फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ। हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन्।

नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधिलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ।

त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा #MagicalMomentsof (उनीहरुको मनपर्ने टिम जस्तै) प्रयोग गर्नुपर्नेछ।

साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्ने डिश मिडया नेटवर्कले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .