ad ad

कारोबार


नेपाल लाइफद्वारा ५४.७६ अर्ब दाबी भुक्तानी

नेपाल लाइफद्वारा ५४.७६ अर्ब दाबी भुक्तानी

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार २१:१९, काठमाडौँ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्व दाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो।

नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दाबी, १५.२६ अर्व अवधि समाप्ति दाबी भुक्तानी, र १८.५३ अर्व आंशिक अवधि भुक्तानी गरिसकेको छ।

यसका साथसाथै अन्य शिर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोग बापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५.९४ अर्व कम्पनीले दाबी भुक्तानी गरिसकेको छ। 

बीमित र बीमक बिचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी (दाबी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन्।

अवधि भुक्तानी दाबी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दाबी तथा अन्य क्षतिको दाबी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ। 

त्यस्तै, आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको छ। 

बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दाबी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि सातै वटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .