कारोबार


आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन अर्थमन्त्री शर्मासमक्ष पेस

आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन अर्थमन्त्री शर्मासमक्ष पेस

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १८:२७, काठमाडौँ

महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषको आन्तरिक लेखापरीक्षण गरी तयार गरिएको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई पेस गरेको छ। 

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा आइतबार महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले अर्थसचिव कृष्णहरि पुष्करमार्फत प्रतिवेदन बुझाएका हुन्। 

कार्यक्रममा राजस्व सचिव रामेश्वर दंगालले समयमै बेरुजु फर्छ्योट गर्न सम्बन्धित लेखा उत्तरदायी अधिकृत संवेदनशील हुनुपर्ने, आलेपबाट औँल्याइएको बेरुजु फर्छ्योट प्रभावकारी अनुगमन गर्नुपर्ने र आलेपमा संलग्न हुने कर्मचारीको क्षमता विकास गर्नुपर्ने धारणा राखेका थिए। 

प्रतिवेदन बुझ्दै अर्थसचिव पुष्करले आलेपसम्बन्धी कार्यलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाई वित्तीय अनुशासन कायम गर्न लेखापरीक्षकको ज्ञान, स्रोतसाधन र सूचनामा पहुँच बढाउने, लेखापरीक्षणका सम्बन्धमा विकसित राष्ट्रिय, अन्तर्राष्ट्रिय नवीनतम आयामहरु अवलम्बन गर्नुपर्ने बताए। 

उनले लेखापरीक्षण प्रणालीलाई थप स्तरोन्नति र अद्यावधिक गर्दै जानुपर्ने, लेखा राख्ने निकायले आन्तरिक लेखापरीक्षण गर्दा आवश्यक पर्ने स्रेस्ता, प्रमाण, तथ्यांकसँग सम्बन्धित कागजात अद्यावधिक र व्यवस्थित राख्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .