कारोबार


अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार २१:२९, काठमाडौँ

चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ।

सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो।

मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन्। फाइबर काटिँदा १३ देखि १४ वटा बिटीएस डाउन भएको दूरसञ्चार कार्यालय भरतपुरले जानकारी दिएको छ। 

भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार भरतपुर एयरपोर्ट अगाडि र सप्तगण्डकी क्याम्पस चोकमा भएको समस्या पत्ता लागेको छ भने गैँडाकोटमा अझै समस्या पत्ता लागेको छैन। भरतपुरको समस्या आज साँझसम्म समाधान गर्ने गरी काम भइरहेको उनले बताए। 

सडक विस्तारका क्रममा दूरसञ्चार कार्यालयलाई जानकारी नदिई तार काट्दा पटक–पटक समस्या हुने गरेको मिश्रले बताए। थोरै सावधानी नअपनाउँदा नागरिकलाई सास्ती र नेपाल टेलिकमलाई लाखौँ रुपैयाँ घाटा हुने गरेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad