ad ad

प्रवास


कतार विश्वकप सफल बनाउन नेपाली राजदूतको अपील

कतार विश्वकप सफल बनाउन नेपाली राजदूतको अपील

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार २१:३०, काठमाडौँ

कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेको छ। 

दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप सफल बनाउन आग्रह गरेको हो। 

विश्वकप प्रतियोगिता भएका कारण विश्वको ध्यान कतारको दोहातर्फ केन्द्रित भएको जनाउँदै त्यहाँस्थित लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले यस्तो आग्रह गरेका हुन्। 

विश्वकपलाई सफल बनाउन जिम्मेवारपूर्वक सहयोग गर्न उनले नेपाली समुदायलाई भनेका छन्। यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप एशिया क्षेत्रको कतारमा हुँदैछ। 

नेपालीले कतारको विकास तथा समृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरिरहेको भन्दै उनले दुवै मुलुकले अन्तर्राष्ट्रियस्तरमा शान्ति र विकासका लागि समान धारणा राख्दै आएको स्मरण गरे।

राजदूत ढकालले दुई देशबीचको सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पुर्‍याउन सबैले सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .