सेयरबजारमा आज उछाल आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५६.१० अंकले बढेर १९३०.९७ विन्दुमा पुगेको हो।
सेन्सिटिभ सूचक पनि ११.२८ अंकले बढेको छ।
योसँगै आज कारोबार रकम पनि अर्ब नाघेको छ। आज २३१ कम्पनीको १ अर्ब २९ करोड बढीको सेयर किनबेच भएको हो।
२७ हजार पटक भएको कारोबारमा ३९ लाख कित्ता सेयर बिक्री भएको छ।
कुल १३ वटै उपसूचक हरियो भएको दिन ३ वटाको घटेको, १८१ वटाको बढेको र २ वटा कम्पनीको सेयर उही मूल्यमा कारोबार भएको छ।
आज न्यादी हाइड्रो, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रो, माउन्टेन हाइड्रो र दिव्येश्वरी हाइड्रोका लगानीकर्ताले कमाएका छन्।
लगानीकर्ताले आज ३.९१ प्रतिशतसम्म मात्रै घाटा व्यहोरेका छन्। आज पनि एनआईसी एसिया बैंकको साढे ६ करोडको सर्वाधिक सेयर कारोबार भएको छ।
30
Shares
प्रतिक्रिया