ad ad

कारोबार


एमालेले २ वर्षभित्र सबैको घरमा विद्युत पुर्‍याउने, वर्षामा ५० युनिट नि:शुल्क

एमालेले २ वर्षभित्र सबैको घरमा विद्युत पुर्‍याउने, वर्षामा ५० युनिट नि:शुल्क

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:५०, काठमाडौँ

नेकपा एमालेले २ वर्षभित्र सबैको घरमा विद्युत पुर्‍याउने प्रतिवद्धता जनाएको छ।

सबैको घरमा विद्युत पुर्‍याउँदै  वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निः शुल्क उपलब्ध गराइने उल्लेख गरेको छ। 

साना, मझौला र ठुला जलविद्युत आयोजनाहरूको निर्माण सम्पन्न गरी आगामी पाँच वर्षभित्र ६ हजार ५ सय मेगाबाट विद्युत उत्पादन गरिने उल्लेख गरेको छ। 

प्रतव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुर्याउने दाबी गरेको छ। 

हाइड्रोजन लगायत सबै प्रकारका ऊर्जाको सम्मिश्रण र ऊर्जा बैंकका माध्यमबाट ऊर्जा सुरक्षाको प्रत्याभूति गरिने जनाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .