ad ad

कारोबार


एमालेले २५ लाख पर्यटक भित्र्याउने, पदयात्रा-हिमाल आरोहण केन्द्रित कार्यक्रम ल्याउने

एमालेले २५ लाख पर्यटक भित्र्याउने, पदयात्रा-हिमाल आरोहण केन्द्रित कार्यक्रम ल्याउने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:३२, काठमाडौँ

एमालेले ५ वर्ष भित्र वार्षिक २५ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ।

मंसिरमा हुने निर्वाचनकोलागि सार्वजनिक गरिएको घोषणामा २५ लाख पर्यटक पुर्याउने लक्ष्य राखेको छ। 

नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख गर्दै विश्व बजारमा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरिने गर्ने जनाएको छ। 

नेपाली कूटनीतिक नियोगहरूलाई पर्यटन प्रवर्द्धनमा परिचालन गर्ने प्रतिबद्धता जनाएको छ। 

पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधारहरू निर्माण तथा सुधार गरिने उल्लेख छ। 
 

पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापना सहित आवश्यक व्यवस्था गरिने उल्लेख छ। 

पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .