ad ad

राजनीति


एमालेको आरोप : सत्ता गठबन्धनले संविधान कार्यान्वयन रोक्यो, देशकै बेइज्जत गर्‍यो

एमालेको आरोप : सत्ता गठबन्धनले संविधान कार्यान्वयन रोक्यो, देशकै बेइज्जत गर्‍यो

घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:४०, काठमाडौँ

नेकपा एमालेले सत्ता गठबन्धनमाथि संविधान कार्यान्वयनको यात्रालाई बारम्बार अवरुद्ध गरेको आरोप लगाएको छ। 

मंसिर ४ को चुनावी घोषणा पत्रमार्फत् एमालेले नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमाथि संविधान कार्यान्वयनको यात्रालाई बारम्बार अवरुद्ध गरेको आरोप लगाएको हो। 

एमालेले सत्ता गठबन्धनले सत्ता स्वार्थका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लज्जा हुने गरी संवैधानिक निकायलगायतका सरकारका प्रमुख अंगहरूको चरम दुरुपयोग गरेका पनि टिप्पणी गरेको छ। 

‘शेरबहादुर देउवा नेतृत्वको सत्ताधारी गठबन्धनले संविधान कार्यान्वयनको यात्रालाई बारम्बार अवरुद्ध बनाएको छ,’ एमालेले घोषण पत्रमार्फत् भनेको छ, ‘सत्ता स्वार्थका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लज्जा हुने गरी संवैधानिक निकायलगायतका सरकारका प्रमखु अंगहरूको चरम दुरुपयोग गरेको छ।’ 

एमालेको घोषणा पत्रमा सत्ता गठबन्धनले संविधानमात्रै नभएर मुलुक नै असफल बनाउनेसमेत षडयन्त्र गरेको दाबी गरेको छ। 

घोषणा पत्रमा एमालेले जनभावनाअनुसार संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन र सधैँ जनताको पक्षमा उभिने पनि उल्लेख गरिएको छ। 

‘संविधान मात्र होइन, राष्ट्रलाई असफल बनाउने षड्यन्त्र गरेको छ। नेकपा एमालेले यस्तो अवरोध हटाई नेपालीको आकांक्षा र भावनाअनुसार संविधानको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने छ,’ घोषणा पत्रमा भनिएको छ, ‘संविधानवादको अभ्यास गर्दा नेकपा एमाले सदासर्वदा नेपाली जनताको पक्षमा उभिने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .