एमालेले आगामी पाँच वर्षभित्र कुल गार्हस्थ्य उत्पादन १०० खर्ब पुर्याउने घोषणा गरेको छ।
घोषणापत्र सार्वजनिक गर्दै हालको करिब ४८ खर्बको (जीडीपी)लाई १०० खर्ब पुर्याउने उल्लेख गरेको हो।
नेपालीको औसत प्रतिव्यक्ति आम्दानी २ हजार ४ सय अमेरिकी डलर पुर्याउने प्रतिबद्धता जनाएको छ।
त्यस्तै प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अङ्कमा पुर्याइने उल्लेख गरेको छ।
नेपाली अर्थतन्त्रलाई विश्वको उदयीमान अर्थतन्त्र बनाइने प्रतिवद्धता जनाएको छ।
24
Shares
प्रतिक्रिया