नेकपा एमाले ५ वर्ष भरिमा २० वटा कुराहरु पुरा गर्ने प्रतिवद्धता जनाएको छ। आफ्नो घोषणपत्र जारी गर्दै एमाले २० वटा नारासहितका सुविधा जनतामाझ पुराउने बताएको हो। त्यसको ग्यारेन्टीको वाचासमेत एमालेले गरेको छ।
घोषणा पत्रमा उल्लेख भएका २० ग्यारेन्टी यस प्रकार छन्।
१ पहिलो सेसन : समृद्धि अधिवेशन
२ नेपालीलाई मात्र नागरिकता
३ हङ्गर : नो लङ्गर
४ उत्पादन स्वदेशी बजार विदेशी
५ कमाइ : युवाको रोजाई
६ सुरक्षित छाना : पुग्छ सबैको चाहना
७ पढाइ : भविष्यको जग बसाइ
८ प्रेसरःसुगर : भइन्न बिरामी औषधि बेगर
९ फ्रि मिटर : दश हजार लिटर
१० फ्रि युनिट : ५० युनिट
११ खेत बारीमा पानी : खाडीमा हैन, स्वदेशमैं जवानी
१२ दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३ भूमिगत तार : सहर बजार
१४ नो लाइन : सेवा अनलाइन
१५ ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६ समृद्धिसँगको नाता : सबैको बैंक खाता
१७ स्वस्थ महिनाबारी : १५ सय वर्षभरी
१८ हामी सामाजिक : सभ्य नागरिक
१९ फाइभ जी सञ्चार : आइटीमा चमत्कार
२० हाम्रो अर्थ : १०० खर्ब
Shares
प्रतिक्रिया