ad ad

कारोबार


तीन महिनाको विश्लेषणपछि बैंकहरूले निकाले आधार दर, कुनको कति?

तीन महिनाको विश्लेषणपछि बैंकहरूले निकाले आधार दर, कुनको कति?

नेपालखबर
कात्तिक ९, २०७९ बुधबार १९:२६, काठमाडौँ

बैंकको ब्याजदरको मानकको रुपमा आधार दर वृद्धि भएको देखिएको छ। चालू आर्थिक वर्षको ३ महिनाको विवरणमा अधिकांश बैंकहरुको आधारदरमा वृद्धि भएको देखिएको छ। 

बैंकको आधार दर तय हुँदा कोष लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत, सञ्चालन लागत प्रतिशत र सम्पत्ति प्रतिफल प्रतिशत जोडिन्छ।

यसरी तयार भएको आधारदर वृद्धि भएको देखिएको हो। 

गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको आधारदर तुलना गर्दा अधिकांश बैंकहरुको वृद्धि भएको देखिन्छ। आधारदर वृद्धि भएपछि सबै बैंकको कर्जा दर पनि वृद्धि भएको छ। 

बैंकहरुले आफ्नो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन्। तीन महिनाको साथै हिसाब गरेर बैंकहरुले आफ्नो आधार दर समेत उक्त वित्तीय विवरणमा समावेश गरेका छन्। त्यसमा सबै बैंकहरुको वृद्धि भएको देखिएको हो।  

कुन बैंकको आधार दर वृद्धि कस्तो छ?
सिटिजन्स बैंकको गत आर्थिक वर्षको ३ महिनामा ८ दशमलव ११ प्रतिशत आधार दर रहेकोमा यो वर्षको ३ महिनामा ११ दशमलव १४ पुगेको छ। 

सिभिल बैंकको गत आर्थिक वर्ष ८ दशमलव २६ रहेकोमा ११ दशमलव १४ प्रतशत पुगको छ। 

कुमारी बैंकको गत आर्थिक वर्ष ७ दशमलव ८८ प्रतिशत रहेको मा अहिले १० दशमलव ९९ प्रतिशत कायम भएको छ।

एनसीसी बैंक ८ दशमलव १२ प्रतिशत रहेकोमा १० दशमलव ९५ प्रतिशत पुगेको छ।

सनराइज बैंकको गत आर्थिक वर्षको तीन महिनामा ८ दशमलव ४० प्रतिशत रहेकोमा अहिले १० दशमलव ९४ प्रतिशत पुगेको छ।

प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्षको तीन महिनामा ८ दशमलव २७ प्रतिशत रहेकोमा अहिले १० दशमलव ९१ प्रतिशत कायम भएको छ।

बैंक अफ काठमाण्डूको ८ दशमलव ५६ प्रतिशत रहेकोमा १० दशमलव ८७ प्रतिशत कायम भएको छ।

मेगा बैंकको गत आर्थिक वर्षको असोज महिनामा ९ दशमलव ८१ प्रतिशत आधारदर रहेकोमा अहिले १० दशमलव ८४ प्रतिशत पुगेको छ।

सेन्चुरी बैंकको अगत असोजमा ८ दशमलव ०९ प्रतिशत रहेकोमा अहिले १० दशमलव ७६ प्रतिशत कायम भएको छ।

एनआईसी एशिया बैंकको गत आर्थिक वर्षमा ७ दशमलव ४८ प्रतिशत कायम रहेकोमा अहिले १० दशमलव ६७ प्रतिशत पुगेको छ। 

यस्तै, लक्ष्मी बैंकको ७ दशमलव ५७ प्रतिशत रहेकोमा अहिले १० दशमलव ६६ प्रतिशत कामय भएको छ।

प्रभु बैंकको ७ दशमलव ६३ प्रतिशत रहेकोमा अहिले १० दशमलव ५१ प्रतिशत कायम भएको छ।

सानिमा बैंकको ७ दशमलव ४५ प्रतिशत रहेकोमा अहिले १० दशमलव ५० प्रतिशत कायम भएको छ। 

यसैगरी, सिद्धार्थ बैंकको गत आर्थिको पहिको पहिलो त्रैमासमा ७ दशमलव ५७ प्रतिशत कायम रहेकोमा अहिले १० दशमलव ४३ प्रतिशत कायम भएको हो।

हिमालयन बैंकको गत आर्थिक वर्ष ७ दशमलव ०१ प्रतिशत रहेकोमा अहिले १० दशमलव ४३ प्रतिशत कायम भएको छ।

माछापुच्छ्रे बैंकको गत आर्थिक वर्षमा ७ दशमलव ३६ प्रतिशत कायम रहेकोमा अहिले १० दशमलव ३६ प्रतिशत पुगेको जानकारी बैंकले दिएको छ। 

एसबीआई बैंकको गत आर्थिक वर्षमा ७ दशमलव २६ प्रतिशत कायम रहेकोमा अहिले १० दशमलव २द्द प्रतिशत पुगेको छ।

ग्लोबल आईएमई बैंकको गत आर्थिक वर्षमा ७ दशमलव ४१ प्रतिशत रहेकोमा अहिले १० दशमलव १९ प्रतिशत कायम भएको छ। 

यस्तैगरी, एनएमबी बैंकको गत आर्थिक वर्षमा ७ दशमलव २७ प्रतिशत कायम रहेकोमा अहिले १० दशमलव १५ प्रतिशत पुगेको छ।

कृषि विकास बैंकको गत आर्थिक वर्षमा ७ दशमलव १२ प्रतिशत कायम रहेकामा अहिले ९ दशमलव ८३ प्रतिशत कायम रहेको छ।

नबिल बैंकको गत आर्थिक वर्षमा ६ दशमलव ११ प्रतिशत रहेकामा अहिले ९ दशमलव ४५ प्रतिशत पुगेको छ।

इन्भेष्टमेन्ट बैंकको गत आर्थिक वर्षको असोज सम्ममा ६ दशमलव ७७ प्रतिशत रहेकोमा अहिले ९ दशमलव ३४ प्रतिशत पुगेको छ।

एभरेष्ट बैंकको गत आर्थिक वर्ष ७ प्रतिशत रहेकोमा अहिले ९ दशमलव ३० प्रतिशत पुगेको छ। 

स्ट्यान्डर्ड चाटर्ड बैंकको गत आर्थिक वर्ष ५ दशमलव १८ प्रतिशत रहेकोमा अहिले ९ दशमलव २६ प्रतिशत कायम भएको छ। 

नेपाल बैंकको गत आर्थिक वर्षमा ५ दशमलव ९३ प्रतिशत रहेकोमा अहिले ८ दशमलव ९२ प्रतिशत पुगेको छ।

र, राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्षमा ५ दशमलव ६३ प्रतिशत रहेकोमा अहिले ८ दशमलव ८५ प्रतिशत आधारदर पुगेको बैंकले जारी गरेको वित्तिय विवरणले देखाएको छ। 

बैंकको आधार दरमा प्रिमियम ८ प्रतिशतसम्म जोड्न पाउने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ। जसमा धेरै बैंकको ब्यादर १८ प्रतिशत हाराहारी पुगेको देखिएको हो।

तर उद्योगी व्यवसायीहरुले प्रिमियम दर घटाउनुपर्ने व्यवस्था लागू गर्न राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई दवाव दिइरहेका छन्। उद्योगी व्यवसयीहरुका विभिन्न संगठनहरुले विज्ञप्ति जारी गर्दै ब्याजदर नियन्त्रण गर्नुपर्ने माग राख्दै आएका छन्।

जिल्लाका उद्योगी वयवसयीहरुले आन्दोलन नै गरेपनि नेपाल उद्योग वणिजय महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स समेतले विज्ञप्ति जारी गरेर विरोध जनाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .