कारोबार


गोदावरी पुष्प मेलामा चार दिनमा ८१ लाखको कारोबार

गोदावरी पुष्प मेलामा चार दिनमा ८१ लाखको कारोबार

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १४:५७, काठमाडौँ

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने नाराका साथ सुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार सकिएको छ। 

बिहीबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा सञ्चालन भएको मेलामा ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको मेला आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।

मेला ४४ हजार पाँचसयले अवलोकन गरेको पनि उनले बताए। अध्यक्ष तामाङका अनुसार मेलाको अन्तिम दिन नौ हजार पाँचसयले अवलोकन गरेको र १६ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ। पहिलो दिन आठ हजार सात सयले मेला अवलोकन गर्दा १५ लाख ५० हजार रुपैँयाको कारोबार भएको थियो।

मेला चार दिनसम्म सञ्चालन भएको थियो। अध्यक्ष तामाङले मेला अपेक्षा गरिएभन्दा पनि सफल भएको बताए। तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको मेला आयोजना गरिएको हो।

फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप मेला आयोजना गरिएको मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल रहेको आयोजकले जनाएको छ ।

तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने फ्यानको अनुमान छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad