अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ।
यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन्।
यसै क्रममा जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं–१६ सखुवाघाटका निवासी राजन दाहालले रु एक लाख जितेका छन्।
श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौँडाको डिलर अन्तर्गत रहेको बारा, सखुवाघाटका सह-वितरक गीता इन्टरप्राइजका डिलर दाइ राजेश थापा मगरकोमा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन्।
डिशहोमको तर्फबाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरे।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ।
Shares

प्रतिक्रिया