ad ad

कारोबार


सेयरधनीलाई साढे ७ प्रतिशत नगद लाभांश बाँड्दै आरबीबी मर्चेन्ट बैंकिङ्ग

सेयरधनीलाई साढे ७ प्रतिशत नगद लाभांश बाँड्दै आरबीबी मर्चेन्ट बैंकिङ्ग

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १२:२३, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी देवेन्द्ररमण खनालको अध्यक्षतामा सोमबार भएको साधारणसभाले आ.व. २०७८/०७९ मा ७.५ प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ। 

साधारण सभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल सहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताए। 

मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको बताए। 

साधारण सभामा आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडका संचालकहरु सरस्वती अधिकारी, पवन रेग्मी, दुर्गा कुमारी कंडेल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, विनयरमण पौडेल, बैंकका कम्पनी सचिव हेमराज खरेल, कम्पनी रजिष्ट्रार कार्यालयकी उपरजिष्ट्रार शेखरबाबु कार्की, महालेखा परीक्षक कार्यालयका कमल सिलवाल, आन्तरीक लेखापरीक्षक सिए एकराज सिग्देल, आरविवि म्युचल फण्डका लेखापरीक्षक सिए मुना प्रसाद लगायत मर्चेन्ट बैंकिङ्गका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .