ad ad

कारोबार


वृज सिमेन्टद्धारा ‘एक्सपर्ट मेशन क्लब’ सञ्चालित

वृज सिमेन्टद्धारा ‘एक्सपर्ट मेशन क्लब’ सञ्चालित

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ११:८,

वृज सिमेन्ट प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ। यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणकर्मीहरुलाई ‘एक्सपर्ट मेशन क्लब’ मा आवद्ध गरेर उनीहरुको निःशुल्क रुपमा रु. पाँचलाख बराबरको दुर्घटना बीमा सुविधा पनि उपल्ब्ध गराएको छ। 

कार्यक्रमलाई अझै फलदायिक बनाउनको लागि कम्पनीले ‘एक्सपर्ट मेशन क्लब’ मा आवद्ध निर्माणकर्मीलाई उपहार सहित पासबुक बितरण गरेको छ। यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सकिनेछ।

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थानहरुः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आँबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो। अहिलेसम्म कम्पनीले २५०० बढी निर्माणकर्मीलाई ‘एक्सपर्ट मेशन क्लब’ मा आवद्ध गरिसकेको छ। कम्पनीले बढी भन्दा बढी निर्माणकर्मीलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाटसुरक्षित महशुश गराउने कम्पनीको उद्देश्य रहेको छ।

बर्षौदेखि आफनो ग्राहकहरुबाट पाएको माया र विश्वास जित्न सफल भएको कारण आफना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासका साथगुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट ‘एक्सपर्ट च्वाइस’ सहित बजार प्रर्वधन शुरु गरिएको हो।

‘एक्सपर्ट च्वाइस’ बजार प्रर्वधनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने चर्चित एवं मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठ वृज सिमेन्टको एशोसिएट व्राण्ड एम्वेसेडर हुन्। उनले भर्खरै सम्पन्न मिस बर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड र ‘ब्युटी विथ पर्पोज’ अवाडर्स जितेकी छन्।

गुणस्तरीय उत्पादनहरुप्रति सदैव प्रतिवद्ध, वृज सिमेन्ट इण्डष्ट्रिज प्राली आईएसओ ढण्ण्ज्ञस्द्दण्ज्ञछ वाट प्रमाणित छ साथै यसका उत्पादनहरु वृज सिमेन्टका पिपिसी ब्राण्डहरु एनएस ३८५, वृज सिमेन्टका ओ पि सि ब्राण्डहरु एनएस ४९र पीएससी एनएस ३८४ वाट प्रमाणित भइसकेका छन्।

कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पोर्टल्याण्ड पोज्जोलना सिमेन्ट (पीपीसी) अन्तर्गत वृज सिमेन्ट र पोर्टल्याण्ड स्लयाग सिमेन्ट (पीएससी) अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ। यस उधोगका डिलरहरुको ठूलो सञ्जाल नेपाल भरी रहेको छ जसवाट आफुले चाहेको जुनसुकै ठाउँमा पनि सिमेन्ट सजिलै पाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .