ad ad

कारोबार


निक्षेप हिनामिना आरोप : माछापुच्छ्रेले बन्द गर्‍यो दुईवटा ग्राहक सेवा केन्द्र

निक्षेप हिनामिना आरोप : माछापुच्छ्रेले बन्द गर्‍यो दुईवटा ग्राहक सेवा केन्द्र

नेपालखबर
असोज २९, २०७९ शनिबार १६:३८, काठमाडौँ

ग्राहकको निक्षेप हिनामिना गरेको आरोप लागेपछि माछापुच्छ्रे बैंकले रुपन्देहीमा रहेका आफ्ना २ वटा ग्राहक सेवा केन्द्र बन्द गराएको छ । 

एक सूचना जारी गर्दै बैंकले जिल्लाको सम्मरीमाई गाउँपालिका-५ रोहिनीहवामा  र लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुजहानाका शाखारहित ग्राहक सेवा केन्द्र बन्द गरेको जनाएको छ। 

सेवाग्राहीलाई बैंकमा रकम जम्मा गरेको भौचर दिई खातामा रकम नै जम्मा नगरेको पाइएपछि आन्दोलन सुरु भएको थियो।

विभिन्न व्यक्तिबाट बुझिलिएको रकम रियल टाइममा जम्मा हुने र सिष्टममार्फत भौचर प्रिन्ट भई निक्षेपकर्तालाई त्यही भौचर दिनुपर्नेमा बैंकका सेवा केन्द्रका प्रतिनिधिहरुले हस्तलिखित भौचर दिने गरेका थिए। 

बैंकको अनलाइन सिष्टममार्फत रकम जम्मा नगरी आफैँ राख्ने गरेको समाचार आएपछि निरीक्षण गरिएको माछापुच्छ्रे बैंकले जनाएको छ । 

बैंकले ग्राहक सेवाकेन्द्रका प्रतिनिधिहरु निरन्जन पाठक र सिकेन्दर ठाकुरबाट काममा कैफियत भेटिएकाले सेवा केन्द्र बन्द गरेको जानकारी दिएको हो। 

२ जनाविरुद्ध बैंकले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी समेत गरिसकेको छ। विभिन्न व्यक्तिबाट रकम लिएर आफैँ खाएको उनीहरुले स्वीकार गरेको बैंकले जनाएको छ। 

बैंकले पीडित ग्राहकलाई सम्बन्धित प्रहरी कार्यालयमा कानुनी उपचार प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। 

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अहिलेसम्म उजुरी नपरेको जनाएको छ। 'उहाँहरुले उजुरी दिने तयारी गरेको भए थाहा भएन। हामीकहाँ आइसकेको छैन,' डिएसपी श्यामु अर्यालले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .