किरात राई यायोख्खाले प्रदेश १ को नाम किरात राख्न चाहने उम्मेदवारहरुलाई जिताउन आग्रह गरेको छ।
किरात राई यायोक्खाको ११औँ राष्ट्रिय महाधिवेशनले प्रदेश १ को नाम किरात प्रदेश नामकरण गर्न थप निर्णायक आन्दोलन गर्ने समेत निर्णय गरेको छ।
महाधिवेशनले पारित गरेको घोषणा पत्र इटहरीमा सर्वजनिक गर्दै यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले प्रदेशको नाम किरात राख्न घोषणा पत्रमा पार्टीहरूलाई समेट्न दबाबमुलक कार्यक्रम गर्ने बताए।
उनले किरात प्रदेश नाम राख्न पहल गर्ने संगठनका उम्मेदवारलाई सहयोग गरेर आगामी प्रदेश सभाबाट किरात नामकरणको माहोल तयार पार्ने प्रस्ताव पारित गरेको बताए।
33
Shares
प्रतिक्रिया