ad ad

कारोबार


कोरिया र इजरायलमा प्रशिक्षार्थी पठाउने कुनै निर्णय भएको छैन : उद्योग महासंघ

कोरिया र इजरायलमा प्रशिक्षार्थी पठाउने कुनै निर्णय भएको छैन : उद्योग महासंघ

नेपालखबर
असोज २६, २०७९ बुधबार १७:३८, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले कोरिया र इजरायलमा प्रशिक्षार्थी पठाउने कुनै निर्णय नभएको जनाएको छ। 

बुधबार एक विज्ञप्तिमार्फत महासंघले आफूअन्तर्गतको कृषि उद्यम केन्द्रमार्पmत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा प्रकाशित समाचार सत्य नभएको जनाएको हो। 

महासंघले भनेको छ, ‘दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा महासंघले कुनै पनि निर्णय नगरेको समेत सबैमा जानकारी गराउन चाहन्छौँ।’ 

यसरी प्रशिक्षार्थी पठाउनेबारे महासंघले आप्mना कुनै पनि सदस्यहरूलाई आग्रह नगरेको एवं प्रशिक्षार्थी पठाउने कुनै पनि कार्यक्रम नरहेकोले सोहीअनुसार सूचना प्रवाह गर्न महासंघले आप्mना सम्पूर्ण सदस्यहरूलाई सूचित गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .