ad ad

कोशी


धनकुटा र झापाका तीन स्वतन्त्रलाई माछा, खुकुरी र पुतली

धनकुटा र झापाका तीन स्वतन्त्रलाई माछा, खुकुरी र पुतली

नेपालखबर
असोज २६, २०७९ बुधबार १७:४०, काठमाडौँ

धनकुटा जिल्लामा माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मदेवारी दिएका हेमराज भण्डारीले माछा चुनाव चिह्न पाएका छन् ।

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा ५ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार एवं लेखक युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् ।

झापाकै क्षेत्र नम्बर २ मा स्वतन्त्र उठेका अधिवक्ता स्वागत नेपालले भने गोर्खालीको निशानी क्रस खुकुरी चुनाव चिह्न पाएका छन् ।

झापाको क्षेत्र नम्बर ४ मा पूर्वएमाले नेता युक्त भेटवाल पनि स्वतन्त्र उम्मेदवार बनेका छन् । भेटवालले चाहिँ हाम्रो नेपाली पार्टीसँग सम्झौता गरेर लौरो चुनाव चिह्न लिएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .