ad ad

कारोबार


नेपाल–इटाली उद्योग वाणिज्य संघले द्विदेशीय व्यापार, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

नेपाल–इटाली उद्योग वाणिज्य संघले द्विदेशीय व्यापार, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

नेपालखबर
असोज २६, २०७९ बुधबार १६:४३, काठमाडौँ

नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) बीच द्विपक्षीय बैठक सम्पन्न भएको छ। 

यही असोज २४ गते आयोजित बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको संघले जनाएको छ। 

एनआईसीसीआईका उपाध्यक्षसञ्जय अग्रवालले नेतृत्व गरेको उक्त बैठकमा नेपाल, भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुका, इटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, इटालीको लागि दिल्लीका महावाणिज्य दूत र इटालीका लागि नेपालका महावाणिज्य दूत श्रीमती प्रतिमा राणा पाण्डेको उपस्थिति थियो । एनआईसीसीआईका मानार्थ सदस्य राजेश काजी श्रेष्ठ विशेष अतिथिको रुपमा उपस्थित थिए। साथै एनआईसीसीआईका अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरू बैठकमा उपस्थित थिए । 

इटालियन राजदूत भिन्सेन्जो डे लुकाले इटालियन दूतावासले इटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको बताए। 

‘हामीले इटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवर्द्धन गर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि इटालीमा प्रचार प्रवद्र्घन गर्ने योजना बनाएका छौँ’, उनले भने। 

उनले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु इटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताए। 

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटाली उद्योग बाणिज्य संघ(एनआईसीसीआई) ले २०३० मा रोममा हुन गइरहेको ‘ग्रान्ड इन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको बताए। 

जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिइएको उनको भनाइ छ। एनआईसीसीआईले आगामी मार्च २०२३ मा इटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवद्र्घन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ । 

नेपाल र इटाली साँस्कृतिक रुपमा धनी छन् र एकआपसमा आफ्ना सँस्कृति आदानप्रदान गर्दै आइरहेका छन् । सन् २०१५ मा नेपालमा गएको भूकम्प पछि इटाली र नेपालको सम्बन्धमा नयाँ आयाम थपिएको छ जसमा नेपालका लागि इटालीले आर्थिक सहयोग जुटाएको थियो।

यो बैठकले नेपाललाई ईटालीमा नेपालको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ साथै इटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर पाएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .