कोभिड १९ बाट प्रभावित, (अभिभावक गुमाएका) भई शिक्षाबाट वञ्चित हुन पुगेका ३४ बालबालिकाहरुलाई भरोसा छात्रवृत्ति अभियानले छनौट गरेको छ।
यस छात्रवृत्तिमा भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखि १२ कक्षासम्म अध्यायनको लागि ५ हजार रुपैयाँ प्रतिमहिनाका दरले रकम उपलब्ध गराउनेछ।
छात्रवृत्तिका लागि आवश्यक रकम डिश मिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ।
साथै प्राविधिक सहयोगका हेल्प नेपाल तथा फ्याक्ट नेपाल गर्दै आएको छ।
18
Shares
प्रतिक्रिया