ad ad

कारोबार


हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

नेपालखबर
असोज १३, २०७९ बिहिबार १८:४४, काठमाडौँ

हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रा.लि. (भिस्तारा एयरलाइन्स) बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुविधा प्रदान गर्ने भएको छ।

यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले बंैकका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका छन्।

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६ हजारभन्दा बढी पीओएस टर्मीनलबाट सेवा प्रदान गर्दै आएको छ।

विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकाड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो।

यसै गरी भिस्तारा एयरलाइन्स भारतभित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा वायुयानबाट दैनिक २५० भन्दा बढी उडानहरु सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .