ad ad

कारोबार


दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकले दियो ७ लाख

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकले दियो ७ लाख

नेपालखबर
असोज १२, २०७९ बुधबार १७:२१, काठमाडौँ

दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बीमाबापतको रकम प्रदान गरेको छ । 

मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो। 

विराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ । 

मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए। २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैंकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको छ। ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले ग्राहकहरुका लागि यो योजना ल्याएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .