कारोबार


फोनपेमार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

फोनपेमार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

नेपालखबर
असोज १२ , काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपरमार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ। 

फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो। योजनाअन्तर्गत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ्ग गर्न सक्नेछन्। 

साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन् । यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेशबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्बजनिक गरिनेछ ।

यसका साथै आम मानिसलाई सपिङ्ग गर्न सहज होस् भन्ने उदेश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई निशुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ। 

यो योजना कार्तिक १३ गतेसम्म सञ्चालन हुने फोन पेले जनाएको छ। 

यसैगरी फोनपेले दशैँको अवसरमै  ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना समेत सञ्चालन गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख जित्न सकिनेछ । यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागु हुनेछ। 

यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ । 
 

असोज १२, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad