ad ad

कारोबार


भुजुङ हाइड्रोपावरले ५ लाख ८५ हजार कित्ता आईपीओ निष्काशन गर्ने

भुजुङ हाइड्रोपावरले ५ लाख ८५ हजार कित्ता आईपीओ निष्काशन गर्ने

नेपालखबर
असोज १२, २०७९ बुधबार १६:५६, काठमाडौँ

भुजुङ हाइड्रोपावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। 

कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नलागेको हो। 

यसका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।

उक्त सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ। 

हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पुँजी ५० करोड रूपैयाँ, जारी पुँजी ४३ करोड रूपैयाँ र चुक्ता पुँजी  ३२.७२५ करोड रूपैयाँ छ । 

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ। 

आयोजनाको कुल लागत ३९ करोड छ भने कम्पनीले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात् ५.८५ करोडको साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। 

यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .