ad ad

कारोबार


मंगलम् पाइप्सको बृहत प्राविधिक भेला

मंगलम् पाइप्सको बृहत प्राविधिक भेला

नेपालखबर
असोज ९, २०७९ आइतबार २१:५४, काठमाडौँ

सीपीभीसी पाइप्स एण्ड फिटिङस उत्पादक कम्पनी मंगलम् पाइपले काठमाडौंमा बृहत प्राविधिक भेला सम्पन्न गरेको छ।

४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा कार्यकम सम्पन्न गरिएको हो। 

अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनहरुलाई कम्पनीले उपहार प्रदान गरी सम्मान गरेको जनाएको छ।

कार्यकममा उपहार वितरण नै मुख्य आकर्षण रहेको थियो।

कम्पनीले उत्कृष्ट काम गर्ने मध्ये टार्गेट स्ल्याब अनुसार ३२ इन्चको स्मार्ट टीभी १७ जनालाई, ब्राण्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, डिस्कभर १२५ सिसी बाइक ८ जनालाई, पल्सर १५० सिसी बाइक ४ जनालाई , पल्सर २२० सिसी ३ जनालाई र बम्परमा ४ तोला सुन ८ जनालाई प्रदान गरिएको थियो।

कार्यक्रममा उपहार हस्तान्तरण मंगलम् पाइपका प्रबन्ध निर्देशक अभिनव चुरिवालले गरेका थिए। कार्यक्रममा कम्पनीको तर्फबाट जानकारी मुलक तथा मनोरञ्जनात्मक सामग्रीहरु पनि प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .