चालू आर्थिक वर्षको दुई महिनाको विवरणअनुसार सबैभन्दा धेरै वस्तु निर्यात विराटनगर भन्सारबाट भएको छ।
दुई महिनामा कुल ४४ अर्बको निर्यातमा विराटनगर भन्सारबाट मात्रै ८ अर्ब ८७ करोड रुपैयाँबराबरको भएको हो।
त्यस्तै दोस्रोमा वीरगन्ज भन्सारबाट ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको हो।
तेस्रोमा त्रिभुवन एरपोर्ट भन्सार कार्यालय हुँदै निर्यात भएको देखिएको छ। जसबाट ६ अर्ब ७० करोड रुपैयाँको भएको देखिएको छ।
सञ्चालित २६ वटा भन्सार कार्यालय मध्ये ११ वटाबाट वस्तु निर्यात भएको देखिएको हो।
जसमा तातोपानी भन्सार, रसुवागढी भन्सार, भद्रपुर भन्सार कार्यालय, गौर भन्सार कार्यालय, जनकपुर भन्सार कार्यालय, महेशपुर भन्सार, राजविराज भन्सार, सतिभन्सार, सिरहा भन्सार, सुनसरी भन्सार, ठाडी भन्सार रहेका छन्।
यी ११ वटै भन्सार कार्यालयबाट वस्तु आयात भए पनि निर्यात भने शून्य रहेको छ।
Shares

प्रतिक्रिया