ad ad

कारोबार


नेपाल र इण्डोनेसियाबीच सिधा हवाइ सम्पर्क विस्तारमा जोड

नेपाल र इण्डोनेसियाबीच सिधा हवाइ सम्पर्क विस्तारमा जोड

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १८:२४, काठमाडौँ

नेपाल र इण्डोनेसियाबीच सिधा हवाइ सम्पर्क विस्तारमा जोड दिइएको छ । 

नेपाल इण्डोनेशिया व्यवसायिक फोरम को बुधवार सम्पन्न बैठकमा सो कुरामा जोड दिइएको हो । 

भौगोलिक एवं सांस्कृति विविधता, प्राकृतिक सुन्दरताका हिसावमा समेत कतिपय कुरामा नेपाल इण्डोनेशिया बीच समानता रहेको र यसबाट पर्यटन प्रवद्र्धनमा निकै ठूलो लाभ लिन सकिने सम्भावना देखिन्छ । 

यसका लागि सिधा हवाई सेवा संचालन सवैभन्दा महत्वपूर्ण रहेको कुरा सो अवसरमा बताइयो । दुवै देशकातर्फबाट दौत्य सम्बन्ध स्थापना भएको छ दशक पुरा भैसके पनि आर्थिक सम्बन्ध भने सोचेजति विस्तार हुन सकेको पाइँदैन । 

प्राप्त तथ्याक अनुसार दुुई देश बीचको व्यापार घाटा निकै फराकिलो बन्दै गएको छ । इण्डोनेशियासंग नेपालको निर्यात व्यापार अत्यन्त न्यून रहेको पाइन्छ । सन् २०२१÷२२ मा द्विपक्षीय व्यापार घाटा ५३ अर्व २४ करोड भन्दा बढीको थियो । व्यापार घाटालाई कम गर्न संयुक्त लगानी विस्तारमा बैठकमा जोड दिइयो ।   

नेपालमा इण्डोनेशियन पर्यटक भित्रयाउन सकिने अधिक सम्भाव्यता र आधारहरु छन् । ‘हामी यसमा काम गरी दुवै देशका जनतालाई लाभान्वित बनाउन सक्छौँ’, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने। 

महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले अन्तराष्ट्रिय मन्चहरुमा पनि दुवै देशको वलियो सहकार्य रहेको बताए। अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकासमा महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपर ल्याएको र त्यसले नेपालको आगामी दश वर्षभित्रको आर्थिक विकासको खाका कोरिएको बताए। 

अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, व्यापार घाटा न्यूनीकरण भिजन पेपरका लक्ष्यहरु रहेका यसको कार्यान्वयनमा नेपाल सरकारसंग समेत सहकार्यका लागि सहमती भएको जानकारी गराउँदै नेपालको आर्थिक विकासमा इण्डोनेशियाले हासिल गरेको सफलता बांडन अध्यक्ष गोल्छाले आग्रह गरे। 

‘पर्यटन क्षेत्रमा सहकार्यको ठूलो सम्भाव्यता छ’, उने भने। 

नेपालको सवैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार भएको नाताले इण्डोनेसियाले नेपालमा संयुक्त लगानीमा उद्योग स्थापना गरी व्यापार घाटालाई न्यूनीकरण गर्ने दिशामा सहयोग गर्न आग्रह गरे। 

‘नेपाल सन् २०२६ सम्म विकासशील मुुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले आर्थिक विकासको हाम्रो प्रयासमा सहयोग गर्न अग्रह गर्दछुु’, अध्यक्ष गोल्छाले भने। 

आगामी अक्टोवरमा इण्डोनेशियामा हुने ट्रेड एक्सोपोमा नेपालको सहभागिताका विषयमा पनि सो अवसरमा वृहद छलफल भयो ।  

ट्रेड एक्सपोलाई दुुई देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि तथा इण्डोनेशियामा नेपाल प्रवद्र्धनका लागि उपयुक्त फोरमको रुपमा उपयोग गर्न बैठकमा नेपालका लागि इण्डोनेशियाका राजदूत हेरु हर्टान्टो सुवालो ले सुुझाए।

व्यापारघाटालाई कम गर्ने कार्यमा नेपाललाई सहयोग गर्न इण्डोनेशिया तयार रहेको भन्दै नेपालमा लगानीका सम्भाव्य क्षेत्रका वारे ठोस सुुझाव दिन महासंघलाई अनुरोध गरे। 

द्रुत आर्थिक विकास गरीरहेको इण्डोनेशिया नेपालको आर्थिक विकासमा आफना अनुुभव आदान प्रदान गर्न लालयित भएको पनि उनले बताए। उनले दुुवैै देशको संयुक्त लगानी मार्फत वस्तु तथा सेवा उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्न सकिने सम्भाव्यता औँल्याए। 

इण्डोनेशियामा आगामी अक्टोवरमा हुने एक्सपोमा वंगलादेश, नेपाल र इण्डोनेशिया बीच छुट्टै विशेष बैठकको आयोजना गरिने जानकारी गराउदै उक्त बैठकलाई बढी भन्दा बढी परिणामदायी बनाउनुुपर्नेमा जोड दिए। नेपालमा जलविद्युत तथा पर्यटन पूर्वाधारमा इण्डोनेशियाको लगानी ल्याउन सकिने कुरामा पनि सो अवसरमा छलफल भयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपालका लागि इण्डोनेशियाका अनररी काउन्सिल  चन्द्र प्रसाद ढकालले नेपाल–इण्डोनेशिया व्यवसायिक फोरम बैठकले आपसी आर्थिक सम्बन्धलाई नयां उचाईमा लैजान सहयोग गर्ने विश्वास व्यक्त गरे। 

नेपालसंग सहकार्य गर्न इण्डोनेशिया सधै इच्छुक रहेको आफूले पाएको र निजी क्षेत्रका माध्यममार्फत आपसी सहकार्य, संयुक्त लगानी विस्तार, व्यापार घाटालाई न्यूनिकरण गर्ने र नेपालको निर्यात प्रवद्र्धनमा परिणामदायी ढंगबाट काम हुनुुपर्नेमा जोड दिए। 

इण्डोनेसियासँग व्यापार व्यवसाय गर्ने नेपाली व्यवसायीहरुको समेत सहभागिता रहेको सो अवसरमा पाल्म आयलको आयात, नेपाली जैवलरीको इण्डोनेशियाको बजार प्रवद्र्धन, नेपालमा इण्डोनेशियन पर्यटन आकर्षण, संयुक्त लगानी लगायतका विषयमा जिज्ञासाहरू राखिएका थिए । 

कार्यक्रममा महासंघका पदाधिकारीहरू, कार्यकारिणी समितिका सदस्यहरु, वस्तुुगत संघका अध्यक्षहरु सहित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .