NepalKhabar NepalKhabar

कारोबार


चाडपर्वको बहार, यतीमा उड्दा उपहारै–उपहार

चाडपर्वको बहार, यतीमा उड्दा उपहारै–उपहार

नेपालखबर
असोज ७ , काठमाडौँ

यती एअरलाइन्सले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।

‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’ योजना अन्तर्गत यात्रुले बम्परमा भाग्यशाली यात्रुहरुलाई ‘रे जेडआर’ स्कुटर, हिराको टप र वासिङ मेसिन प्रदान गर्ने भएको हो ।

यात्रुले बम्पर उपहारको साथसाथै हात खाली नजाने उपहार स्वरुप दराज, भोज डिल्स र नमस्ते पे को डिस्काउन्ट भौचरका साथै हरेक हप्ता एकरएक जनालाई निःशुल्क फ्रि माउन्टेन फ्लाइट र रिटर्न टिकट प्राप्त गर्न सक्ने एअरलाइन्सले जनाएको छ।

घटस्थापनाको दिनदेखि लागू हुने यस दशैँ, तिहार र छठ योजना अन्तर्गत प्रथम पुरस्कारको प्रयोजन यमाहा, दोस्रो पुरस्कार बालाजी डायमण्ड ९एसबिडी० र तेस्रो पुरस्कार यसुदाको आधिकारिक बिक्रेता बिग डिजिटलले प्रायोजन गरेको हो । 

त्यस्तै, हात खाली नजाने उपहारहरुको प्रायोजन भने दराज, भोज डिल्स, नमस्ते पे र यती एअरलाइन्सले गरेको छ ।
असोज १० गते ९घटस्थापना० देखि कात्तिक २५ गतेसम्म चल्ने यो योजना अन्तर्गत अग्रीम टिकट बुकिङ गरी सोही समयाधिमा उडान भर्नुहुने सम्पूर्ण यात्रुहरुलाई यो योजना लागू हुने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।  


तीन वटा बम्पर उपहारहरु जित्नको लागि तोकिएको समावधिभित्र यती एअरलाइन्ससँग यात्रा गर्नुपर्ने छ । हात खाली नजाने उपहारको लागि यती यात्रुले विमानस्थलमा ‘चेक–ईन’ गर्दा बोर्डिङ पाससँगै प्रदान गरिने कुपनमा रहेको ‘क्यूआर कोड’ स्क्यान गर्नुपर्ने छ ।

त्यस्तै, हरेक हप्ता ‘फ्रि रिटर्न टिकट’ जित्नको लागि सोही कुपनको फोटो खिची यती एअरलाइन्सलाई सोसल मिडियामा ट्याग गर्नुपर्ने छ भने ‘फ्रि माउन्टेन फ्लाईट’ टिकटको लागि एअरलाइन्सले हप्तै पिच्छे ‘लक्की ड्र’गर्ने बताइएको छ । यात्रुले एकपटक यात्रा गर्दा नै २र३ वटा पुरस्कार जित्न सक्ने सम्भावना रहेको छ ।  

दशैँ र तिहारको समयमा साथीभाइसँगको कुराकानीलाई अझ रमाइलो बनाउनका लागि यती एअरलाइन्सले भाइबर सँगको सहकार्यमा ‘यतीको उडान’नामक भाइबर स्टिकर पनि सार्वजनिक गरेको छ । लिंक डाउनलोड गरी हप्तैपिच्छे ‘फ्रि टिकट’जित्न सकिने यती एअरलाइन्सले जनाएको छ । 

निकै हर्षोल्लासका साथ मनाइने नेपालीहरुको महान् चाडमा यती एअरलाइन्ससँग आरामदायी यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून भन्ने उद्देश्य रहेको एअरलाइन्सका प्रवक्ता बर्तौलाले जानकारी दिए । 

असोज १० देखि कात्तिक २५ सम्म उडान भरेका टिकट नम्बरलाई गोलाप्रथामार्फत प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने र सो को नतिजा एअरलाइन्सको फेसबुक पेजमार्फत सार्वजनिक गरिने छ । साथै, साप्ताहिक पुरस्कारहरुको बिजेता घोषणा सोसल मिडियामा पोस्ट हुने पनि बर्तौलाले जानकारी दिए।

असोज ७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.