ad ad

कारोबार


अम्बे मोबाइलले एकै वर्ष बेच्यो अर्ब बढीका मोबाइल

अम्बे मोबाइलले एकै वर्ष बेच्यो अर्ब बढीका मोबाइल

नेपालखबर
असोज ४, २०७९ मंगलबार १४:२५, काठमाडौँ

अम्बे मोबाइल प्रा.लिले १ वर्षमा अर्ब बढीका मोबाइल बिक्री गरेको छ। 

नेपालमा लाभाको लागि आधिकारिक विक्रेता अम्मे मोबाइलले २०७८/०७९ मा १ अर्ब ३३ करोडका रुपैयाँ विक्री गरेको हो। 

लाभा भारतीय ब्रान्डको मोबाइल हो। शोभाकर न्यौपाने (हरि) नेतृत्वको अम्बे ग्रुपअन्तर्गतको रहेको कम्पनीले २०७७/०७८ मा  वर्ष १ अर्ब ६ करोड बराबरमो मोबाइल तथा एसोसिरिज बिक्री गरेका थिए। लाभाको नेपालमामा ४७ वटा रिटेलर तथा सर्भिस सेन्टर रहेका छन्। 

अम्बे मोबाइलले २०७४/०७५ देखि नै वार्षिक अर्ब बढीको व्यापार गर्दै आएको छ। कोभिड महामारीको कारण २०७६/०७७ मा भने ७३ करोडमा सिमित रहेको थियो। 

२०७७/०७८ मा लाभाले नेपालको बजार हिस्साको १२ प्रतिशत ओगटेको थियो। 

अम्बे ग्रुप नेपालमा सिमेन्ट र डन्डी उत्पादनसंगै रियल स्टेट व्यवसायमा परिचित रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .