कारोबार


पेप्सीकोद्वारा नेपालमा नयाँ ‘मोर फिज’ पेप्सीको सुरुवात

पेप्सीकोद्वारा नेपालमा नयाँ ‘मोर फिज’ पेप्सीको सुरुवात

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार २२:१८, काठमाडौँ

पेप्सीले नेपालका उपभोक्ताहरूका लागि नयाँ पेप्सी प्रस्तुत गरेको छ। नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्वाद प्रदान गर्ने कम्पनीले जनाएको छ। यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनको कारण उपभोक्ताहरूलाई यो पेय पदार्थ अपरिहार्य बन्न जानेमा कम्पनी विश्वस्त छ।
 

यो नयाँ ‘मेरो फिज’  पेप्सीको अनावरण काठमाडौँमा आज अपराह्नमा आयोजित एक स्वागमय कार्यक्रमका बिच पेप्सी सद्भावना दूत एवं चर्चित नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियो। नेपालमा आउँदा दिनहरूमा गरिने ‘मेरो फिज, मेरो स्वाग’ अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीको लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने जनाइएको छ। 
 
उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पेप्सीको, नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले भने, ‘पेप्सी सधैँ नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको छ र अब ब्रान्डले नेपालका उपभोक्ताहरूको लागि यसभन्दा अघि कहिल्यै नभएको फिजयुक्त स्वाद प्रदान गरिरहेको छ। बजार अध्ययनले देखाए अनुसार उपभोक्ताहरूले चिसो पेप्सी पिएसँगै ताजापनको एक अर्को झट्काको चाह राख्ने गरेको पाइएको छ, र यो नयाँ परिमार्जन स्वादले त्यसलाई परिपूर्ति गरिदिनेछ। हामीले प्राप्त गरेको उत्कृष्ट प्रतिक्रियालाई यो सकारात्मक भावनाद्वारा उत्प्रेरित गर्दै हामीले नयाँ पेप्सीलाई ‘मेरो फिज’ का साथ अनावरण गरेका छौँ र हामीलाई विश्वास छ हाम्रा उपभोक्ताहरूले पहिलेभन्दा ज्यादा मज्जा लिनु हुनेछ।’
 
नयाँ पेप्सीको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पेप्सी ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भने, ‘मेरो फिज’ का साथ नेपालभरका दर्शकहरूमाझ उपलब्ध गराउन पाउनुले वास्तवमै आनन्दित तुल्याएको छ। यसको नयाँ स्वरूपमा पेप्सीले आफ्ना उपभोक्ताहरू समक्ष अझ बढी फिजका साथ पेप्सीलाई प्रस्तुत गरेको छ र उपभोक्ताहरूलाई एक चुस्की लिन तथा उनीहरूको स्वागलाई पनि माथि उठाएर देखाउन आग्रह गरिरहेको छ। म यो सुरुवातको एक हिस्सा बन्न पाएकोमा उत्साहित छु र म सबैलाई नयाँ पेप्सी टेस्ट गर्न र उनीहरूको स्वाग प्रदर्शन गर्न आग्रह गर्दछु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .