पछिल्लो सयम बैंकमा निक्षेप बढ्न थालेको छ। मंगलबार मात्रै बैंकमा ७ अर्ब रुपैयाँ डिपोजिट भएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप सोमबारसम्म ४४ खर्ब ५४ अर्ब रहेकोमा मंगलबार ४४ खर्ब ६१ अर्ब पुगेको हो।
यसले बैंकमा एकैदिन ७ अर्ब निक्षेप बढेको देखिएको हो।
समग्र बैंक वित्तिय संस्थाहरुको अवस्था हेर्दा सोमबारसम्ममा ५० खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा मंगलबार ५० खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।
समग्र बैंक तथा वित्तिय संस्थाको ऋण प्रवाह भने मंगलबार १ अर्ब रुपैयाँ बढेको छ।
अर्थात् बैंक तथा वित्तिय संस्थाले मंगलबार थप १ अर्ब रुपैयाँ बराबर लगानी गरेका छन्।
सोमबार सम्ममा ४७ खर्ब १७ अर्ब रुपैयाँ ऋण प्रवाह रहेकोमा मंगलबार ४७ खर्ब १८ अर्ब रुपैयाँ पुगेको हो।
42
Shares

प्रतिक्रिया