कारोबार


‘आइएनजी फुटसल टुर्नामेन्ट’ सम्पन्न

‘आइएनजी फुटसल टुर्नामेन्ट’ सम्पन्न

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १७:४३, काठमाडौँ

आइएनजी ग्रुपको आयोजनामा ‘पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ सफलतापूर्वक सम्पन्न भएको छ। 

उक्त टोर्नामेन्टमा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोलीको सहभागिता थियो। 

प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली थिए। आइएनजी फुटसल प्रतियोगिता-२०७९ को ग्रान्ड फिनाले महाराजगंजस्थित डुकु फुटसल हबमा सम्पन्न गरिएको हो। 

प्रतियोगिताको फाइनलमा पुरुष टोलीमा हेराल्ड कलेजको ‘टिम हेराल्ड’ र आइएनजी स्किलको ‘टिम स्किल’बीच प्रतिस्पर्धा थियो। मंगलबार भएको फाइनलमा हेराल्ड कलेजले आइएनजी स्किल लाई  पराजित गर्दै उपाधि हात पारेको छ। 

त्यस्तै, महिला टोलीतर्फ इस्लिङ‍्टन कलेजबाट ‘देवीको टिम’ र आइएनजी स्किलबाट ‘स्किल महिला टिम’ फाइनलमा खेलेका थिए। खेलमा  इस्लिङ‍्टन कलेजले आइएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको हो। 

आइएनजी ग्रुपले विजेता टोली हेराल्ड कलेज र इस्लिङ‍्टन कलेजलाई सम्मान पत्र, पदक र ट्रफीसँगै एक-एक लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ। 

आइएनजी फुटसल टोर्नामेन्टको व्यवस्थापन आइएनजी  मानव संसाधन विभागले लिएको थियो। विभागले सफतापूर्वक टोर्नामेन्ट सम्पन्न गरेको हो। यसै सन्दर्भमा विभागकी प्रमुख सुविता कपाली भन्छिन्, ‘यो फुटसल प्रतियोगिताले हाम्रा कर्मचारीहरूलाई आवश्यक स्फूर्ती प्रदान गरेको छ भन्नेमा हामी विश्वस्त छौं। साथै, कर्मचारीहरूले आफ्नो सीप प्रदर्शन गर्ने मौका समेत पाए।’

यसबाहेक उनका अनुसार आइएनजी ग्रुपका कर्मचारीहरूबीच सद्भाव र सम्बन्ध बढाउन पनि प्रतियोगिताको आयोजना गरिएको हो। थप गरी, कर्मचारीहरूको पुनर्ताजकिकरण र उनीहरूबीच सम्बन्ध विस्तार गर्न फुटसल आयोजना गरिएको बताए।

‘आइएनजी ग्रुपमा कार्यरत कर्मचारीहरूको स्फूर्ति र उनीहरूलाई उत्प्रेरित गर्न पहिलो पटक आइएनजी फुटसल टोर्नामेन्ट आयोजना गरेका हौं। प्रतियोगीतामा देखिएको सहभागिता सन्तुष्टजनक थियो,’ प्रतियोगिता सम्पन्न घोषणासँगै उनले भने, ‘प्रतियोगितामा हाम्रो भान्सामा कार्यरत कर्मचारीदेखि सफ्टवेयर इन्जिनियर टिम, शैक्षिक टोलीहरूको पनि सहभागिता थियो। यसले आइएनजी ग्रुपमा रहेको एकता र समानताको अवस्था पनि देखाउँछ। आइएनजीले मानिस जीवनमा हरेक कुराको सन्तुलन हुनुपर्छ भन्नेमा मान्यता राख्दै आएको छ।’

यसबाहेक उनले प्रतियोगितामा विजयी तथा सहभागी सबै टोलीलाई बधाई दिँदै आगामी दिनमा हुने प्रतियोगिता र कार्यक्रमहरूमा उत्साहजनक उपस्थिति रहने विश्वास व्यक्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad